भदौको महिना, टनटनि लागिरहेको पारलो घाम, तर सुन्दर अनि प्रेमिल छन् वातावरण । मन्द मन्द बतासको त्यो सुरिलो धुनसँगै गुञ्जिदै हुन्छ प्रेमीको मुरलीको मिठो धुन । उदासमय त्यो सन्नाठालाई चिरेर चरचर लागीरहेको घामसँगै सुन्दर मुहार, मृगनयनी आँखा, मयुरपंखी चाल र खिल्खिलाउँदो गुलाफी ओँठहरुसँगै केवल महसुस गर्न सकिने मन्द बतासबाट फरफर उडिरहेको आफ्नो केशहरु सम्हाल्दै प्रेमीका प्रवेश गर्छ त्यो प्रेमील वातावरणमा । प्रेमी आफ्नो प्रेमीकालाई देखेर दङ्ग हुन्छ । ओठबाट स्वभाविक मुस्कानको लहर छुट्छन दुबैको । एक अर्काप्रती सम्मोहित हुँदै लाग्छन उनीहरुहरु प्रकृतिको त्यो सुन्दर काखमा हराउन ।
दुनिया ब्यस्त भइरहेको त्यो क्षणमा, घाम र छाँया मिलि फुलमा रंग भरिरहेका हुन्छन तर उनीहरु एक अर्काको सामिप्यतामा दंग परिरहेको हुन्छन । डाडा, पाखा, छाँगा, छहरा सबै डाहा गरिरहेका हुन्छन उनीहरुको प्रेमलाई । एक अर्काको प्रेममा हराइरहेका हुन्छन दुबै कुनै संकोच बिना तर प्रेमीकाको मोबाइमा आएको फोनको घन्टीसंगै प्रेमीको मनमा शंकाको बिजारोपण हुन्छ । उसले आफ्नो प्रेमीकाको मोबाइल माग्छ तर प्रेमीकाले मनाही गर्छ र प्रेमभित्र एक किसिमको असमझदारी सिर्जना हुन्छ ।
यसरी आफ्नो प्रेमको खातिर दुहाई दिनको लागि "मुटु मागे मुटु दिन्छु मैले…" मैले भन्दै आफ्नो प्रेमको परीक्षा दिनका निम्ति गरिएको बाचा कसमका प्लटहरुलाई समावेश गर्दै छायांकन सुरु भएको उक्त म्युजिक भिडियोमा प्रेममा विश्वास हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।
पछिल्लो समयमा स्थापित निर्देशक सुबास गुरुङको निर्देशनमा नयाँ नयाँ म्युजिक भिडियोहरु बजारमा आइरहेको छ । मुख्यतः आधुनिक गायनबाट संगित क्षेत्रमा प्रवेश गरेका गुरुङले हिजो आज लोक गित, दोहोरी र सालैजो भाका संगसगै धमाधम निर्देशन तर्फ हात हालेका हुन् । खास गरि माया, प्रेम, सम्बन्ध, असमझदारी, बिछोड तथा निम्नस्तरिय पारिवारिक जीवनशैलीलाई कथाबस्तु बनाई गितको माध्यमबाट प्रस्तुत गर्ने उनले पछिल्लो समयमा यस्तै माया, प्रेम र असमझदारीलाई नै बिषयबस्तु बनाएर उनले निर्देशन गरे ।
मनोज रसाइलीको लय, निम बाबुको शब्द, कुलेन्द्र बि. क. र सपना सुनार आवजमा बजारमा आउने तयारीमा रहेको गित "मुटु मागे मुटु दिन्छु मैले…" बोलको गितको सुटिङ हालै उनको निर्देशनमा सम्पन्न भएको छ ।
अनिल घिमिरे र सबिना सुनारको प्रमुख भूमिका रहेको उक्त म्युजिक भिडियोको सुटिङ पोखरा लेखनाथ नगरपालिकाको परिसरमा सम्पन्न भएको हो । उक्त म्तुजिक भिडियोको छायांकन गणेश सापकोटाद्वारा, सम्पादन शिव राज भुर्तेलद्वारा र सफल फ्लिम्सको निर्माण एवम् एस. एम. जि. म्युजिक प्रा. लि. को बजार ब्यवस्थापनमा रिलिज हुने तयारीमा छ ।
![[feature] Shooting Support Photo of Mutu Mage Mutu Dinchhu Maile Shooting Support Photo of Mutu Mage Mutu Dinchhu Maile](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjk3KhQ8F1b-t2ReZmiMLp22uk8zrpsGCa2idqZBPlyyZcASvJBpowAZ24ev_rVEPVJ1lcfRnMMM1a_5YOmaXOUfq3WNUEVMNF6ZpE0i-m6Yf1Hw6UgamShyiBZ9Fq2VY2ULoWM2fjHfU/h240/Shooting+Support+Photo+of+Mutu+Mage+Mutu+Dinchhu+Maile.jpg)


COMMENTS